एमालेको प्रदर्शन र रथयात्राले उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित
काठमाडौं । काठमाडौं उपत्यका, ट्राफिक प्रहरी कार्यालयले नेकपा एमालेको कार्यक्रमका कारण काठमाडौँको प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी साधनलाई यतिबेला डाईभर्सन गरिएको जानकारी गराएको छ। उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई पद्यमोदय मोड र सभागृहतिरबाट डाईभर्सन गरिएको हो ।
प्रदर्शनका कारण टुँडिखेल वरिपरी, भोटाहिटी, रणोदिप वा महेन्द्र शालिक र पुतलीसडक भएर चल्ने सवारी साधनको आवागमनमा पनि प्रभाव परेको हुनाले सहज यात्राका लागि उक्त सडकको विकल्पमा अन्य सडकको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
मानिसहरू भेला वा जम्मा भएकाले काठमाडौँको माइतीघर चोकबाट सर्भिस लेन हुँदै थापाथलीतर्फ जाने सवारी साधनलाई मुख्य लेनबाट पठाइएको छ।
त्यसैगरी, सामाखुसी चोकमा मानिसहरु भेला जम्मा भएकाले र चावहिल चोकबाट जोरपाटी सम्मको लागि रथयात्रा भइरहेकाले सवारी आवागमनमा केही प्रभाव परेको छ। यसबाहेक काठमाडौँ उपत्यकाको अन्य स्थानको सवारी आवागमन यतिबेला सामान्य रहेको छ।
विभिन्न नाकाहरू हुँदै काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि सामान्य रुपमा चलिरहेका छन्।








डिसी नेपाल






Facebook Comment