सरकार मुलुकलाई थप संकटमा पुर्‍याउन अग्रसर छ : महासचिव पोखरेल

डिसी नेपाल
६ मंसिर २०८२ १६:०७
12
Shares

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार लोकतन्त्रलाई बहाल गर्न वा हिंसालाई शान्तिमा बदल्नका निम्ति नभई मुलुकलाई थप संकटमा पुर्‍याउनका लागि अग्रसर रहेको बताएका छन्।

शनिबार भृकुटीमण्डपमा एमालेको बागमती प्रदेशस्तर जनसभालाई सम्बोधन गर्दै उनले हालको सरकार संक्रमणलाई राजनीतिक स्थायीत्वमा लैजानका लागि नभई मुलुकलाई थप संकटमा पुर्याएको बताएका हुन्।

उनले यो सरकारबाट संक्रमणकालको व्यवस्थापन हुन नसक्ने समेत दाबी गरे।

उनले भने, ‘हामीले बुझ्नु पर्दछ यो सरकार लोकतन्त्रलाई बहाल गर्नका लागि हैन, हिंसालाई शान्तीमा बदल्नलाई हैन, संक्रमणलाई राजनीतिक स्थायीत्वमा लैजानका लागि नभइ मुलुकलाई थप संकटमा पुर्याउनका लागि सरकार उद्धत र अग्रसर छ भन्ने हामीले बुझ्नुपर्दछ।’

नेता पोखरेलले जेनजीको आवरणमा सत्तामा पुगेको सरकारले राजनीतिक दलहरुको वेवास्था गरेको भन्दै आक्रोश समेत व्यक्त गरे।

उनले भने, ‘विध्वंशको जडमा र जेनजीको आवरणमा सत्तामा पुगेको यो सरकारले हरेक अंशलेसनको सिद्धान्तलाई वेवास्था गर्दै गर्दैछ। फागुन २१ गते चुनाव गर्ने हो भन्दैछ तर नेपालका प्रमुख राजनीतिक दलहरु जो जनताले विश्वास गरेका जनताका नेतालाई अहिलेको प्रधानमन्त्री भेट्न पनि चाहँदिनन् भन्ने गरेको सुनेका छौ। संक्रमणकालको व्यवस्थापन यस प्रकारको चेतनाबाट किमार्थ सम्भव हुन सक्दैन।’

उनले नेपालको राजनीतिक इतिहासमा हरेक राजनीतिक आन्दोलन पछिको व्यवस्थापनको सन्दर्भमा पूरानो शासन व्यवस्थामा रहेका व्यक्तिहरूलाई समेत शान्तिको प्रक्रियामा ल्याउने काम हरेक पटक भएको पनि स्मरण गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *