भदौ २३ र २४ को घटनाका दोषीलाई कारवाही गर्न जेन-जी टु को माग

डिसी नेपाल
७ मंसिर २०८२ १४:०८
60
Shares

काठमाडाैं। जेन-जी युवाको एक समूहले भदाै २३ र २४ गतेको घटनामा दोषी देखिएकालाई कारवाही गर्न माग गरेको छ।

आइतबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसँगको छलफलमा जेन-जी टु नामक समूहका प्रतिनिधिहरुले जेनजी आन्दोलनका क्रममा भाद्र २३ गने भएको दमनमा दोषी देखिएकालाई कारवाही गर्न माग गरेको हो।

त्यस्तै भाद्र २४ गते जने-जीका नाममा भएको आगजनी र तोडफोडमा संलग्नलाई समेत कारवाही गर्नुपर्ने उनीहरुले माग गरेका छन्। जेन-जी २.० समूहका प्रवक्ता अविन लिम्वूले गृहमन्त्रीको छलफलका क्रममा जेनजी आन्दोलनमा भएका घटनाको दोषीलाई कारवाही गर्न माग गरिएको बताए।

त्यस्तै आगामी निर्वाचन सरकारलाई सहयोग गर्न तत्पर रहेको आफूहरुले बताएको उनले बताए। लिम्वुले आफूहरुको समूहको देशभर विस्तार गरिएको जानकारी दिए।

जेन-जी टु ले आगामी मंसिर १२ गते माइतीघरमा शहीदहरुको सम्झनामा मौनधारण गर्दै गृहमन्त्रीलगाएत अन्य मन्त्रीहरुलाई माइतिघरमा नै जेनजीका मुद्दा तथा मागसहित ज्ञापन पत्र हस्तान्तरण गर्ने जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *