जसपाका ६ नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने

डिसी नेपाल
७ मंसिर २०८२ १७:१७
1.2k
Shares

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का ६ जना नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन्।

जसपा संघीय परिषद् सदस्य राजेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वय रणध्वज लिम्बु (कन्दङ्वा) र परशुराम बस्नेत लगायतका नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका हुन्।

यस्तै जसपा केन्द्रीय सल्लाहाकार समितिका सदस्य दुर्गामणि देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष डा. पुष्पराज राजकर्णिकार, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर घजु पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *