प्रधानमन्त्रीलाई सर्वोच्चले सोध्योः अदालतको अवहेलना मुद्दामा किन कारबाही नगर्ने ?

डिसी नेपाल
७ मंसिर २०८२ १७:३७
596
Shares

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा लिखित जवाफ मागिएको छ।

प्रधानमन्त्री कार्कीविरुद्ध अधिवक्ता डा.प्रेमराज सिलवाल र प्रतिभा उप्रेतीले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए। उक्त मुद्दा न्यायाधीशद्वय हरिप्रसाद फुयाल र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ भएको थियो।

मुद्दाको सुनुवाइ गर्दै न्यायाधीशद्वय फुयाँल र मुसलमानको इजलासले प्रधानमन्त्री कार्कीसँग लिखित जवाफ माग्ने आदेश गरेको हो। पूर्व प्रधानन्यायाधीशसमेत रहेकी प्रधानमन्त्री कार्कीलाई ‘तपाईँलाई अदालतको अवहेलना मुद्दामा कारबाही किन नगर्ने?’ भनी लिखित जवाफ माग गरिएको हो।

विभिन्न ११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न भनेको थियो। सर्वोच्चको आदेशलगत्तै सरकारले ती देशका राजदूतहरुलाई परराष्ट्र मन्त्रालयमा हाजिर हुनेगरी फर्किन पत्राचार गरेको थियो । अहिले ती राजदूतहरु दैनिक परराष्ट्रमा पुगेर हाजिर गरी घर फर्किन गर्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.