आक्रमण प्रयासका बाबजुद इटहरीको युवा जागरण सभामा पुगेका महेश बस्नेतले के भने?
विराटनगर । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले आइतबार सुनसरीको इटहरीमा भएको युवा संघ नेपालको प्रदेशस्तरीय जनजागरण सभालाई सम्बोधन गरेका छन्।
कार्यक्रममा सहभागी विराटनगर विमानस्थल आइपुगेका बस्नेतमाथि दुई युवाले बेलुनको लोला हान्दै दुव्र्यवहार गर्ने प्रयास गरेका थिए। त्यसपछि विराटनगर र दुहबी हुँदै इटहरी जाँदै गर्दा पनि केही युवाले बस्नेतलगायत एमाले नेताविरुद्ध नाराबाजी गरेका थिए।
त्यस्ता घटनाका बाबजुद सभास्थल इटहरी आइपुगेका बस्नेतले सम्बोधन गर्दै एमाले नै समृद्ध नेपालको सपना पूरा गर्न सक्ने पार्टी भएको दाबी गरे। उनले विमानस्थलदेखि मार्गभर देखिएको आक्रमण प्रयास तथा विरोधप्रति आपत्ति जनाउँदै केही व्यक्तिहरू ‘जेनजी’ को नाममा राज्यको कानून हातमा लिन खोजिरहेको आरोप लगाए।
‘कानून हातमा लिने र समान्तर राज्यको अभ्यास गर्ने कुरा कदापि स्वीकार्य हुँदैन। विराटनगरमा कांग्रेस शेखर गगन समूहको केटोले गाडीमा हान्न खोजेछ,’ उनले भनेका छन्।
उनले हालै गठन भएको ‘नेस्नल युथ भोलेन्टियर फोर्स’ लाई टोल–टोलमा विस्तार गर्दै जनताको काममा सक्रिय भूमिकासहित लाग्न युवाहरुलाई निर्देशन पनि दिएका छन्।







डिसी नेपाल








Facebook Comment