दुर्गा प्रसार्ईं थुनामुक्त

डिसी नेपाल
७ मंसिर २०८२ १९:३८
468
Shares

काठमाडौं। नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त भएका छन्। प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा सर्वोच्चले रिट जारी गरेसँगै उनी थुनामुक्त भएका हुन्।

प्रसाईंलाई गैरकानुनी रुपमा पक्राउ गरेर थुनामा राखिएको रिट निवेदकको दाबी थियो।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले उक्त बन्दीप्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै थुनामुक्त गर्न आदेश दिएको थियो। विभिन्न माग राख्दै मंसिर ७ गतेदेखि देशब्यापी आन्दोलनको घोषणा गरेका प्रसाईँलाई प्रहरीले राति १२ बजेतिर निजको निवासबाटै पक्राउ गरेको थियो।

‘निवेदकविरूद्धको दाबीको कसुरमा अनुसन्धान तहकिकात गर्नुपर्ने वा सो प्रयोजनका लागि निजलाई हिरासतमा राख्नुपर्ने औचित्यसमेत समाप्त भइसकेको देखिनआएकोले दुर्गा प्रसाईविरूद्ध जारी पक्राउ पुर्जी तथा म्याद थप लगायतका अनुसन्धान सम्बन्धी सम्पूर्ण कामकारबाही उत्प्रेषणको आदेशले बदर भई दुर्गा प्रसाईंलाई गैरकानुनी थुनाबाट तत्काल मुक्त गर्न भनी विपक्षीहरूको नाममा बन्दी प्रत्यक्षीकरणको आदेश जारी ठहर्छ,’ आदेशमा भनिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *