इलाम पुगेर विश्वप्रकाश भने: विपद्मा नभेटिएको सरकार भेटिने कहिले हो ?

डिसी नेपाल
८ मंसिर २०८२ १६:३७
60
Shares

काठमाडौं। नेपाली कांंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इलामको विपद्मा नभेटिएको सरकार भेटिने कहिले हो भन्दै प्रश्न गरेका छन्।

सोमबार इलाम पुगेर उनले सरकार भनेको व्यक्ति नभई संस्था भएको भन्दै उनले इलामको प्रत्येक बाढी पहिरोबाट प्रभावित हुनेहरुलाई राहत, उद्दार र पुनःस्थापनाको कामको गति अभिलम्व बढाउन माग गरे।

उनले भने,‘सरकार भनेको व्यक्ति होइन्, संस्था हो। त्यसैले प्रधानमन्त्रीले अभिलम्ब पहल गरेर इलामको प्रत्येक बाढी पहिरोबाट प्रभावित हुनेहरुलाई राहत दिन उद्दार पुनःस्थापना कामको गति बढाउन आग्रह गर्न चाहन्छु । यसमा हामीले सबैले ऐक्यवद्धता जनाउँछौं तर केन्द्रीय सरकारको भूमिका खोज्न आवश्यक छ। इलाम आएर म केन्द्रीय सरकार खोज्न चाहिरहेको छु। इलामको विपद्मा नभेटिएको सरकार भेटिने कहिले हो ?’

त्यस्तै उनले सरकार चाहे जसको भएतापनि हरेक संकटमा सरकार छ भन्ने अनुभूति दिलाउन सक्नुपर्ने धारणार राखे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *