सुमनराज अर्याल मुख्यसचिवमा नियुक्त

डिसी नेपाल
८ मंसिर २०८२ १६:५१
72
Shares

काठमाडौं।रकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जानकारी दिए।

हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण यही मङ्सिर १० गते अनिवार्य अवकाशमा जाँदै छन्।

बैठकले अतिरिक्त नायव महानिरीक्षक ईश्वर कार्कीलाई अतिरिक्त महानिरिक्षकमा बढुवा गर्ने निर्णय गरेको छ। त्यस्तै मन्त्रिपरिषद् बैठकले युरोपियन युनियनको हरित ऊर्जा सम्बन्धी परियोजनाका लागि २५ दशमलव ५८ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने भैरहवाका विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि २०७१ खारेज गर्दै सो क्षेत्रमा प्रतिवर्गमिटर भाडादर रु २० रहेकोमा त्यसलाई घटाएर रु ५ कायम गर्ने निर्णय गरेको छ।

त्यस्तै नेपाल प्रहरीको हाल कायम रहेको स्वीकृत दरबन्दीभित्रै रहनेगरि केही कार्यालयहरुको पद मिलान तथा दरबन्दी थपघट र संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री पुनले बताए।

जेनजी आन्दोलनमा घाइतेहरुका लागि स्थापना गरिएको हेल्पडेक्समा १० जना स्वयंसेवक खटाउने र मासिक १५ हजारका दरले चार महिनासम्म काममा खटाउने निर्णय गरेको मन्त्री पुनले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *