सर्वोच्च अदालतमा आगजनी गर्ने पाँच जना पक्राउ

डिसी नेपाल
८ मंसिर २०८२ १८:४६
124
Shares

काठमाडौं। जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा राजु परियार, कुमार पराजुली, सुशील श्रेष्ठ र ज्योति थापा घतानी छन्। जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए। प्रहरीले एक जनाको भने पहिचान खुलाएको छैन।

अदालतमा आगजनी गर्ने अन्य केहीको पहिचान भइसकेको जानकारी दिँदै उनले उनीहरुलाई पनि छिट्टै कानुनी दायरामा ल्याइने बताए। अदालतमा आगजनी गर्नेमाथि छानबिन गरी कारबाही गर्न सर्वोच्चले परिसरमा जाहेरी दिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *