साउदीका राजदूतको राष्ट्रपतिसँग बिदाइ भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले राष्ट्रपतिभवनमा आज बिदाइ भेट गरे।
त्यस अवसरमा उनीहरुबीच नेपाल र साउदी अरबबीचको सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
राष्ट्रपति पौडेलले साउदी राजदूतलाई सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरेकोमा धन्यवाद दिएका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment