हलभित्र कार्यक्रम, बाहिर महेश बस्नेतविरुद्ध नाराबाजी

डिसी नेपाल
९ मंसिर २०८२ १३:२८
928
Shares

सुर्खेत । नेकपा एमाले नेता महेश बस्नेतविरुद्ध सुर्खेतमा युवाहरूले नाराबाजी गरेमने छन्।

राष्ट्रिय युवा संघ नेपालको युवा जागरण अभियान प्रारम्भ गर्न सुर्खेत आएका बस्नेतविरुद्व जेनजी युवाहरूले नाराबाजीसहित कार्यक्रममा अवरोध गर्ने खोजेपछि सुर्खेतमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

बस्नेतलगायतका एमाले नेताहरू सुर्खेत आउन लागेको खवर पाएपछि जेन्जीहरूले अवरोध प्रयास गरेका छन्। जिल्ला समन्वय समिति सुर्खेतको हलमा युवा संघको कार्यक्रम भइरहँदा बाहिर जेनजीहरूको नाराबाजी कायमै छ।

एमाले नेता महेश बस्नेतविरुद्ध लेखिएका प्लेकार्ड बोकेका युवाहरूले कार्यक्रम स्थल बाहिर प्रदर्शन गरिरहेका छन्। सम्भावित मुडभेडको अवस्थालाई मध्यनजर गर्दै सुरक्षा तैनाथि बढाइएको स्थानीय प्रशासनले जनाएको छ।

युवा संघले थालेको अभियानले कर्णालीका युवाहरूमा चेतना, सहभागिता र नेतृत्व विकासमा मद्दत गर्ने बस्नेतले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.