तनहुँमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

डिसी नेपाल
९ मंसिर २०८२ २२:१२
36
Shares

तनहुँ। तनहुँको घिरिङ गाउँपालिका–४ भित्री सडकखण्डमा आज टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भिमाद नगरपालिका–३ माझकोट घर भई हाल रुपन्देहीको सिद्धार्थ नगरपालिका बस्ने ५५ वर्षीय बुद्धिबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ।

डेढगाउँबाट भिमादतर्फ आउँदै गरेको लु५२प १५२ नंम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको लु१क ३५९४ नम्बरको टिपर ठोक्किएको थियो।

दुर्घटनामा घाइते चन्दलाई थप उपचारका लागि प्रदेश अस्पताल दमौली पठाएका थिए। तर त्यहाँ पुग्ने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.