नयाँ नीति र नेतृत्वका साथ निर्वाचनमा होमिनुपर्ने कांग्रेस विशेष महाधिवेशन पक्षधरको सुझाव

डिसी नेपाल
१० मंसिर २०८२ १६:४९
16
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षका नेताहरूले नयाँ नीति र नेतृत्वका साथ पार्टी निर्वाचन होमिनुपर्ने बताएका छन्।

नेपाली कांग्रेस विशेष महाधिवशेनका सन्दर्भमा बुधबार काठमाडौंमा आयोजित सभामा उनीहरुले पुराना गल्ती कमजोरीलाई सुधार गर्दै विधान संशोधन गरि नयाँ नीति र नेतृत्वका साथ पाटी निर्वाचनमा होमिनुपर्ने बताएका हुन्।

सभामा कांग्रेस नेता गुरु घिमिरेले विशेष महाधिवेशन माग गर्दै बुझाइएको हस्ताक्षरको अवमूल्यन नगर्न सुझाव दिए। उनले मंसिर मसान्त वा पुष पहिलो साता विशेष महाधिवेशन गर्दै नयाँ नेतृत्व र नीतिका साथ पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिए।

घिमिरेले समयमा महाधिवशेन नगर्ने नियतका साथ पार्टीको केन्द्रीय कार्यसमिति बैठक लम्वाइएको आरोप लगाए। उनले विशेष महाधिवेशनका लागि सभापति शेर बहादुर देउवाले पनि सहजीकरण गर्नुपर्ने भन्दै महाधिवेशनपछि देउवालाई सम्मानीत नेताका रुपमा अघि बढाउने जिकिर गरे। पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नका लागि विशेष महाधिवेशनको माग गरको उहाले बताए।

त्यस्तै अन्य नेताहरूले अब बस्ने केन्द्रीय समिति बैठकले विशेष महाधिवेशनको निर्णय गर्नुपर्ने बताएका थिए। उनीहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गर्नेहरुमाथिको अपमान स्वीकार्य नहुने समेत जनााएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.