निजी क्षेत्रसँग सहकार्य अत्यावश्यक : मुख्यमन्त्री शाह

डिसी नेपाल
१० मंसिर २०८२ १९:१३
20
Shares

लम्की। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको आर्थिक तथा पूर्वाधार विकासलाई गति दिन निजी क्षेत्रको साथ र सहकार्य अत्यावश्यक रहेको बताएका छन्।

आज ‘सम्मुनत लम्कीचुहाको आधार कृषि, शिक्षा, पर्यटन, उद्योग र व्यापार’ भन्ने नारासहित सुरु भएको लम्की महोत्सव२०८२ को उद्‌घाटन गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकार निजी क्षेत्रसँगको सहकार्यमार्फत नीतिगत तथा कानुनी सुधारका काममा अघि बढ्न तयार रहेको स्पष्ट पारे।

निजी क्षेत्रसँग सहकार्य गर्दै कानुनी अवरोध हटाउने प्रतिबद्धता गर्दछु,’ उनले भने, ‘लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकारले निजी क्षेत्र, उद्योग वाणिज्य सङ्घ, दातृ निकाय र विकास साझेदारसँग निरन्तर संवाद गर्दै आएको छ।’

उनले प्रदेशमा विद्यमान कानुनी अवरोध, प्रक्रिया र नियमहरूको समीक्षा तथा संशोधनमार्फत समस्या समाधान गर्दै जाने विश्वास दिलाए।

सुदूरपश्चिममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न लगानी सम्मेलन२०८२ तयारीको सन्दर्भ उल्लेख गर्दै मुख्यमन्त्री शाहले सम्भावित लगानीकर्तासँग अन्तरक्रिया भइरहेको जानकारी दिए। उनका अनुसार सम्मेलनले प्रदेशको सम्भाव्यता, स्रोतसाधन र अवसरलाई व्यापक रूपमा प्रस्तुत गर्नेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.