‘संविधान संशोधन गर्न सकिँदैन भने प्रधानमन्त्रीले राजीनामा दिए हुन्छ’
काठमाडौं। जेनजी अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री सुशिला कार्कीले जेनजीहरुको कुरा सुन्न नचाहेको गुनासो गरेका छन्।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारनजिकै प्रदर्शन गर्ने क्रममा उनले जेनजीहरुले देशमा स्थिरता र सुशासनको माग राखेको भन्दै यो कुरा प्रधानमन्त्रीले सुन्न नचाहेको बताए।
उनले भने, ‘देशको अवस्था स्थिर होस र देशमा सुशासन होस भन्ने कुराको माग गरेको देशको प्रधानमन्त्री सुशिला कार्कीज्यूले हाम्रो कुरा सुन्नै चाहानु भएन, उहाँलाई चुनाव नै अनिवार्य हो जस्तो लागेको छ तर त्यो होईन्। हाम्रो कुरा भनेको अर्थपूर्ण चुनाव तब हुन्छ जब हाम्रो मागहरु संविधान संशोधन गरेर पूरा गरिन्छ। त्यसो भएन भने फेरि आउने अवस्था यस्तै हो।’
यस्तै, उनले प्रधानमन्त्रीलाई संविधान संशोधन गर्न नसक्ने हो भने राजीनामा दिन पनि आग्रह गरेका छन्।
उनले भने, ‘आन्दोलनको मर्म बुझ्नु भएको छ, ७६ जनाको मृत्यु भएको कुरा पनि बुझ्नु भएको छ भने माग सुन्नु अहिले पनि ढिला भएको छैन्। यदि सक्नु हुदैँन्, संविधान संशोधन गर्न सक्नु हुदैँन् भने तपाई राजीनामा दिनु, तपाई घोडा टेक्नु हामी के गर्नुपर्ने हो त्यसपछि गर्छौँ।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment