कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न आदेश

डिसी नेपाल
११ मंसिर २०८२ १६:०२
96
Shares

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको छ।

भेपमार्फत सुन तस्करी गरेको प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका महराको हकमा बिहीबार न्यायाधीशहरू अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले उक्त प्रकरणमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो। जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै उनी पक्राउ परेका थिए।

महरा त्यसपछि उक्त आदेशविरूद्ध उच्च अदालत पाटनमा पुगेका थिए। तत्काल प्रमाणहरूको आधारमा प्रतिवादीलाई थुनामा नै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्नेसम्मको अवस्था नदेखिएकाले अदालतबाट थुनामा राख्ने गरी भएको असोज २९ गतेको आदेश मिलेको नदेखिँदा बदर गरिदिएको आदेशमा उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *