२१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलद्वारा स्वीकृति
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका छन्।
सरकारले यसअघि निर्वाचनको लागि सेना परिचालन गर्ने निर्णय गरेर राष्ट्रपतिकहाँ प्रस्ताव पठाएको थियो। सोही प्रस्तावअनुसार राष्ट्रपति पौडेलले आज स्वीकृति प्रदान गरेका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा सेना परिचालनका लागि स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया








डिसी नेपाल






Facebook Comment