‘सामाजिक सुरक्षालाई बाध्यकारी बनाउँदा सम्बन्धित निकायहरु उत्साही बन्नुपर्छ’

डिसी नेपाल
११ मंसिर २०८२ १८:३०
32
Shares

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै सञ्चारमाध्यमलाई सामाजिक सुरक्षाको दायरामा आउन आह्वान गरेका छन्।

बिहीबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले सामाजिक सुरक्षाको विषय कानुनमा नै व्यवस्था गरिएको बताउँदै सबै सञ्चारमाध्यमलाई उत्साहपूर्वक सामाजिक सुरक्षाको दायरामा आउन आह्वान गरेका हुन्।

उनले भने, ‘राज्यबाट सञ्चालित सञ्चारमाध्यममा कार्यरत पत्रकार मात्रै र कर्मचारीमात्रै नभएर, के आह्वान गर्न चाहान्छु भने निजी सञ्चारमाध्यम जो औपचारिक क्षेत्र भनेर भनिएको छ। निजी सञ्चार माध्यमपनि आफै उत्साही भएर सामाजिक सुरक्षाको दायरामा तपाईहरु अन्तर्गतका कर्मचारीहरुलाई ल्याउनको लागि आह्वान गर्न चाहान्छु। किनकी यो कानुनमा नै व्यवस्था गरिएको छ।’

त्यस्तै, उनले सामाजिक सुरक्षालाई बाध्यकारी र अनिवार्य बनाइराख्दा सम्बन्धित निकायहरु उत्साही बन्नुपर्ने धारणा राखे।

‘यसरी सामाजिक सुरक्षाको दायरामा जाँदा सम्बन्धित सञ्चार माध्यमलाई पनि केही घाटा पर्दैन् र पत्रकारहरुलाई पनि घाटा पर्दैन्। सामाजिक सुरक्षालाई बाध्यकारी र अनिवार्य बनाइराख्दा सम्बन्धित निकायहरु उत्साही बन्नुपर्छ भन्ने लागेको छ’, उनले भने।

त्यस्तै, उनले अहिलेसम्म ६ लाख भन्दा बढि औपचारिक क्षेत्रका नागरिक र १९ लाखभन्दा बढि वैदेशी र स्वदेशीक रोजगारीका नागरिक सामाजिक सुरक्षाको दायरामा आइसकेको जानकरी गराए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.