दोलखामा एमाले प्रतिनिधि सर्वसम्मत

डिसी नेपाल
१३ मंसिर २०८२ १८:४०
36
Shares

दोलखा। नेपाल कम्युनिष्ट पार्टी (एमाले) दोलखाले पार्टीको ११औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरेको छ।

नेकपा (एमाले) दोलखाले शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै सर्वसम्मत प्रतिनिधि चयन गरेको जानकारी दिएको छ। महाधिवेशन प्रतिनिधिहरूमा खुलातर्फ मेलुङ गाउँपालिकाबाट प्रतिनिधित्व गर्दै जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, भिमेश्वर नगरपालिकाबाट भरतबहादुर केसी, तामाकोशी गाउँपालिकाबाट ईश्वर पोखरेल र कालिञ्चोक गाउँपालिकाबाट डबल पाण्डे प्रतिनिधिमा चयन भए।

महिलातर्फ बैतश्वर गाउँपालिकाबाट शान्तिकुमारी तामाङ, गौरीशङ्कर गाउँपालिकाबाट उर्मिला थामी र बिगु गाउँपालिकाबाट शारदा राणा छनोट भएको जनाइएको छ।

दलिततर्फबाट शैलुङ गाउँपालिकाबाट विशाल विक र युवातर्फ जिरी नगरपालिकाबाट लक्ष्मण गुभाजु महाधिवेशन प्रतिनिधिमा चयन गरिएको एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए।

जिल्लाबाट जम्मा नौ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरिएको उनले बताए। एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा तय गरिएको छ।

दोलखामा दुई पोलिटब्यरो सदस्यहरु भएको जिल्लामा ९ महाधिवेशन प्रतिनिधि मध्ये ५ पार्बत गुरुङ पक्षधर र चार आनन्दप्रसाद पोखरेल पक्षधर चयन छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *