राप्रपाका नेताहरुले प्रधानमन्त्रीलाई भेटे, नवीन समझदारीका लागि सर्वपक्षीय बैठकको प्रस्ताव
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रतिनिधि मण्डलले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेको छ। शनिबारको भेटमा विभिन्न प्रस्तावहरु समेत अघि सारेको छ।
मुलुकको दीर्घकालीन हित र राजनीतिक निकासका लागि राजा, राजनीतिक दल र जेनजी लगायतका पक्षहरूबिच नवीन समझदारीको औपचारिक प्रस्ताव गरेको हो।
राप्रपाको तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री कार्कीलाई विभिन्न ५ बुँदे ज्ञापनपत्र बुझाउँदै नवीन समझदारीका लागि सर्वपक्षीय बैठकको पहल लिन आग्रह गरेका छन्। शनिबार अपरान्ह राप्रपा नेताहरू बालुवाटार पुगेका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment