रास्वपा बाजुराको प्रथम विस्तारित बैठक तथा भेला मंसिर २४ गते बस्दै
बाजुरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला समिति बाजुराले प्रथम विस्तारित बैठक तथा भेला बोलाएको छ।
रास्वपा जिल्ला समितिले यहीँ मंसिर २४ गते बिहान ११ बजेबाट जिल्ला सदरमुकाम मार्तडीमा बस्ने गरी प्रथम विस्तारित भेला बोलाएको हो।
रास्वपा जिल्ला समिति सभापति नवराज जैशीले पार्टी केन्द्रको सर्कुलर अनुसार जिल्लाको संगठनात्मक राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउन प्रथम विस्तारित बैठक बस्न लागेको जानकारी दिए।
बैठकमा जिल्ला समिति हेरफेर तथा रिक्त पदपूर्ति गर्ने, जिल्ला स्तरीय विभाग र आयोग गठन, पालिका–वडा समिति गठन तथा अधिवेशन गर्ने, आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेद्धार सिफारिस गर्ने लगायतका विषयमा छलफल हुने सभापति जैशीको भनाइ छ।
त्यस्तै रास्वपा जिल्ला समितिको प्रथम विस्तारित बैठकमा पार्टी केन्द्रीय नेतृत्वको प्रमुख उपस्थिति हुने भन्दै विभिन्न जिम्मेवारीमा रहेका नेता तथा पार्टीमा आस्थावान शुभचिन्तकहरुलाई उपस्थित हुन आव्हान समेत गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment