लोकतान्त्रिक पद्धतिमा निर्वाचन अपरिहार्य : गृहमन्त्री अर्याल

डिसी नेपाल
१६ मंसिर २०८२ ११:०३
16
Shares

धनगढी । गृहमन्त्री ओमप्रकाश अर्यालले केहि थान हतियार र फरार कैदीबन्दी बाहिरै रहेको अवस्थामा फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन हुन्न कि भन्ने शंका र भ्रम नछर्न आग्रह गरेका छन्।

गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेशको आन्तरिकम मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा धनगढीमा मंगलबार सुरु भएको सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्दघाटनका क्रममा मन्त्री अर्यालले उक्त कुरा बताएका हुन्।

गृहमन्त्री अर्यालले यो सरकारको मुख्य कार्यभार घोषित मितिमै भयरहित, स्वच्छ, स्वन्तन्त्र वातावरणमा निर्वाचन सम्पन्न गर्ने रहेको उल्लेख गर्दै उनले भने, कुनै पनि वहाना र शंकामा निर्वाचन नहुनु पर्ने कारण नै छैन। यो निर्वाचन सम्पन्न गर्न सरकार कटिवद्ध त्यसका लागि स्मपूर्ण शान्ति सुरक्षाको अवस्था तत्त अनुरुप मजवुद गरिदै लागिएको

मन्त्री अर्यालले हाल देशभर ४ सइ ५५२ कैद बन्दी फरार रहेको र ती मध्ये पनि कर्तव्य ज्यान र जघन्य अपराधका धेरै न्यून रहेको तथा कुल ७२७ हात हितयार सरकारले फिर्ता ल्याइसकेको जानकारी दिए

 यस्तै मन्त्री अर्यालले अहिलेको सरकारको प्रमुख दायित्व विधिको शासन, हस्तक्षेप मुखी प्रशासन र भ्रष्टाचार शून्य सहनशीलता अन्त्य नै रहेको उल्लेख गरे

कुशासन र वेथितिकाविरुद्ध जेन-जी युवाहरूले उठाएका माग र भाद्र २३ र २४ गतेको घटना पश्चात् सरकार र गृह प्रशासनले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाहको प्रभाकारिता र समन्वयात्मक कार्यमा निष्ठा पूर्वक कार्य गरिरहेका छौ, मन्त्री अर्यालले भने

भाद्र २३ र २४ गतेको घटना पश्चात् सुरक्षा संयन्त्रहरूको कार्यसम्पादन दैनिक प्रशासनिक कार्यमा समेत असर परेको थियो। भौतिक पूर्वाधार, सवारी साधनमा क्षति पुगेको कारण नियमित कार्यहरूमा समेत प्रभाव परेकोमा अब हामी लयमा फर्केका छौ र सुरक्षाको अवस्था पनि सामान्य बनेको छ। सबैको प्रयास,सहयोग र रचनात्मक सुझावको लागि धन्यवाद दिन चाहन्छु।

सरकारले सरोकारवाला सबैसँग वार्ता, संवाद र छलफललाई प्राथमिकता दिएको उनले बताए। हामी कसैलाई काखा र पाखा नगरीकन सबैका कुरा सुन्छौ, सुनेका छौ र सुनिरहन्छौ। यो सरकार सबैको साझा भएको हुँदा सबैका भावनालाई समेट्दै चुनावमा होमिसकेको अवस्था हो। लोकतान्त्रिक पद्धतिमा निर्वाचन अपरिहार्य छ

मन्त्री अर्यालका अनुसार चुनावको तयारीका सन्दर्भमा केही चुनौतीहरू बाहिर आएका छन्। ती चुनौतीहरू कतिपय मनोवैज्ञानिक पनि छन्। सरकार कानुन कार्यान्वयनमा प्रतिबद्ध रहेको, हत्या हिंसाको पक्षमा नरहेको, अराजकतालाई नियन्त्रण गर्न प्रतिबद्ध रहेको र सोही किसिमबाट संयन्त्रहरूलाई परिचालन गरिरहेको हुँदा यी मनोवैज्ञानिक सुरक्षाका चुनौतीका सन्दर्भमा ढुक्क हुन उनको आग्रह छ।

सबै राजनीतिक दल, नागरिकहरूमा आह्वान गर्दै मन्त्री अर्यालले भने, देश बनाउने अभिभारा सबैको हो प्रत्येक नागरिक यो राज्यका सदस्य हुन्। जसका लागी सरोकारवालासंगको समन्वय र सहकार्यलाई थप सुदृढ बनाइनेछ।

मन्त्री अर्यालले आजको यस सुरक्षा गोष्ठीमा हाम्रा विगतका काम कारवाहीको समीक्षा गरी निर्वाचनलाई लक्षित गरी हाम्रा सुरक्षाका योजनाहरू तयार गर्ने विश्वास ब्यक्त गरे

जेनजी पुस्ताको भावनालाई व्यवहारमा उतार्न श्रोत र साधनको सीमितताबिच हामीले नियमित कार्य गरेर हुँदैन, यसका लागि समयले अतिरिक्त सक्रियताको माग गरेको छ। सबै सुरक्षा कर्मी, राष्ट्रसेवक कर्मचारी यो बेला अतिरिक्त कार्यका लागि तयार हुनु पर्ने उनले बताए।

निर्वाचनको वातावरण सृजना गर्न प्रदेश सरकारको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ। किनकि संवैधानिक भूमिका भित्र हाम्रो तहगत समन्वय, सहकार्य सअस्तित्वलाई बेबहारमा रूपान्तरण गरी राष्ट्र निर्माण गर्नु हामी सबैको दायित्व र जिम्मेवारी हो, मन्त्री अर्यालले भने।

हिजो र आजमा परिवर्तनको महसुस भएन, तपाई हाम्रो सोच र कार्य शैलीमा परिवर्तन भएन भने जनतामा फेरी नैराश्य छाउने हुँदा ठलाभन्दा पनि जनतामा प्रत्यक्ष प्रभाव पर्ने साना साना कार्यलाई पहिलो प्राथमिकता दिएर कार्य गर्नुपर्नेछ। साना कार्य गर्न सके मात्रै जनताले ठुला सुधारलाई विश्वास गर्ने हो,’ उनले भने।

श्रोत र साधनको सीमाबच रहेर सुरक्षा निकायको कार्यसम्पादनलाई गृह मन्त्रीको रुपमा आफूले प्रशंसा गर्न चाहेको उनले प्रस्ट पारेका छन्। छिटपुट घटनालाई लिएर समग्र संस्थालाई दोषारोपण गरेर सुरक्षा निकायको मनोबल घटाउनु हुँदैन। तर, पनि संस्थाहरू भित्र कमी कमजोरी रहेका छन्। ती कमीकमजोरीलाई वर्तमान सरकारले सुधार्न सुरु गरिसकेको मन्त्री अर्यालको दाबी छ,’ उनले भने।

विना हस्तक्षेप स्वायत्त, स्वतन्त्र र व्यावसायिक ढङ्गले जुन वातावरणमा सुरक्षा निकायहरूले कार्य गरिरहेका छन् यसलाई भोलिका दिनमा पनि संस्थागत गर्नुपर्ने उनी बताउँछन्। सुरक्षा कर्मीको मनोवल बढाउन कै लागि भनेर संगठनमा सरुवा बढुवामा निष्पक्षता अपनाइएको र कोसीले पनि गुनासो गर्नु पर्ने अवस्था आउन नदिएको मन्त्री अर्यालले बताए।

यस्तै गोष्ठीमा अध्यक्षता गर्नुभएका सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री कमल बहादुर शाहले राज्य सबै शक्ति एकीकृत भएर परिचालन हुँदै हाल निर्वाचनको वातावरण बनाउन लागेको जानकारी दिए। ले सुरक्षा फौज नै देशको अन्तिम भरोसाको केन्द्रबिन्दु भएकोले उनीहरुको मनोवल बढाउन केन्द्र र संघ सरकारले उत्तिकै प्राथमिकता दिएको बताए।

यस्तै, गोष्ठीको औचित्य बारे प्रकाश पार्दै गृह मन्त्रालयका सहसचिव काली प्रसाद पराजुलीले यस गोष्ठीको मुख्य औचित्य भनेको आउँदो चुनाव र त्यसका लागि गर्नु पर्ने थप शान्ति सुरक्षाको अवस्था सुधार गर्नु रहेको बताए।

यस्तै, आन्तरिक मामिला तथा काननमन्त्री हिरा सार्कीले सरकारले देशभर सुरक्षाकर्मीको राम्रो उपस्थिति गराएर र उनीहरुको मनोवल बढाएर मात्रै सबै तहका सरकार अघि बढे आगामी चुनाव सम्भाव हुने बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.