नेपाली कम्युनिष्ट पार्टीको मधेश प्रदेश स्तरीय एकता सन्देश सभा जनकपुरधाममा हुने

डिसी नेपाल
१६ मंसिर २०८२ १९:१५
20
Shares

जनकपुर । नेपाली कम्युनिष्ट पार्टीको मधेश प्रदेश स्तरीय एकता सन्देश सभा जनकपुरधाममा हुने भएको छ ।

मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत मंसिर २० गत्ते जनकपुरधामको तुरहुतिया गाछिमो मधेश प्रदेश स्तरीय एकता संदेश सभाको आयोजना हुने पार्टीका नेता एवम पूर्व मन्त्री महेन्द्र राय यादवले जानकारी दिए ।

उनले सातै प्रदेशमा एकताको सन्देश पु¥याउने अभियानअन्तर्गत जनकपुरधाममा उक्त सभा हुन लागेको बताए । उनले प्रदेशभरिबाट ४० हजार जति मानिस सहभागी हुने आंकलन गरिएको जानकारी दिए ।

नेता यादवले एकताको यस सन्देश सभामा देशको परिस्थिती, आगामी चुनाव, देशमा विद्यमान समस्याहरुको बारेमा १६ घटकका नेताहरुले आफ्नो विचार राख्ने बताए । सभामा खासगरी मधेशी जनता र मधेश प्रदेशका समस्याहरुबारे पनि शिर्ष नेताहरुले आफ्नो धारणा राख्ने उनले बताए ।

सो सभामा विभिन्न पार्टी परित्याग गरी नेपाली कम्युनिष्ट पार्टी प्रवेश गर्ने कार्यक्रमसमेत रहेको नेता यादवले जानकारी दिए । उनले जनमतलगायत विभिन्न पार्टीका नेता, कार्यकर्ताहरुसंग कुरा भइसहेको र सभा हुने दिन उनीहरुले पार्टी प्रवेश गर्ने जनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.