मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले दिए राजीनामा
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले राजीनामा दिएका छन्।
बुधबार (आज) मधेश प्रदेश सभाको बैठकमा विश्वासको मत लिने भनिएकोमा उनले आफ्नो धारणा राख्दै राजीनामा दिएको घोषणा गरेका हुन्।
विश्वासको मत पाउने नदेखिएपछि उनले बैठकमा विश्वासको मत लिनु अघि नै राजीनामा दिएका छन्।
मुख्यमन्त्री यादवले धारणा राखिरहँदा ७ राजनितिक दलका सांसद बैठकबाट बाहिरिएका थिए। उनले आफ्नो धारणामा ७ राजनितिक दलको आलोचना गरेका थिए।
उनले आफू मुख्यमन्त्री भएदेखि ७ राजीनितिक दलले गरेको क्रियाकलापलाई असंविधानिक, अराजक र अशोभनीय रहेको बताए। उनले आजै आफ्नो राजीनामा पत्र प्रदेश प्रमुख कार्यालयमा बुझाउने जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment