देश र देशवासीको लागि उज्यालो दीप बनेर जल्ने प्रण लिएको छु : रिमा विश्वकर्मा
काठमाडौं । उज्यालो नेपाल पार्टीमा जोडिएकी कलाकार रिमा विश्वकर्माले जेनजी आन्दोनमा गोली चलाउन आदेश दिने तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली जस्तो नेता अब यो देशलाई खाँचो नभएको बताएकी छन्।
बुधबार उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभामा बोल्दै उनले देशले जवाफदेही नेतृत्व खोजिरहेको बेला प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर गोली चलाउने आदेश कसले दियो मलाई थाहा छैन् भन्ने जस्तो गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिने नेता अब यो देशलाई नचाहिने बताएकी हुन्।
उनले भनिन्, ‘यो देशको हालत हेरेर म कसैको भर गर्न सक्दिनँ। म आफ्नै मात्रै भर गर्न सक्छु। देश र देशवासीको लागि उज्यालो दिप बनेर जल्ने प्रण लिएको छु। मलाई थाहा छ यो यात्रा सहज छैन। आज देशले जवाफदेही नेतृत्व खोजिरहेको छ। प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर गोली चलाउने आदेश कसले दियो मलाई थाहा छैन भन्ने जस्तो गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिने नेता अब यो देशलाई चाहिँदैन।’
त्यस्तै, उनले आज दलको नाममा लडाउनेहरुले भोली धर्म, लिङ्ग, समाज र समुदायको नाममा लडाईरहने बताउँदै सिमानामा बसेर देश रक्षाका लागि लड्न आफूहरु तयार रहेको धारणा राखिन्।
‘आज दलको नाममा लडाउनेहरुले भोली हामीलाई धर्म, लिङ्ग, समाज र समुदायको नाममा लडाईरहने छन्। हामी लड्न तयार छौं। तर, सिमानामा बसेर देश रक्षाका लागि लड्ने छौं। अब शक्ति र सत्ताको उन्मादमा बाच्न पल्केका व्वाँसाहरुको व्यक्तिगत स्वार्थको लागि हामी लड्दैनौं,’ उनले भनिन्।
त्यस्तै, उनले अहिले झोले भन्ने शब्दलाई अतिरञ्जीत गरिएको भन्नै दलको होइन, देशको झोले बन्न सुझाइन्। पूराना दलको असक्षमताको परिणाम स्वरुप नेपाली समाज भ्रष्टतन्त्रको सिकार भइरहेको उनको भनाई छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment