पवित्रस्थल देवघाटधाम प्लाष्टिकमुक्त क्षेत्र

डिसी नेपाल
२६ मंसिर २०८२ १३:१५
20
Shares

चितवन। नेपालकै पवित्रस्थल मध्येको एक चितवनको देवघाट धामलाई प्लाष्टिकमुक्त क्षेत्र बनाइएको छ। ५ धाम मध्यको एक देवघाट धामलाई देबघाट क्षेत्र बिकास समितिले चितवन नवलपरासी र तनहुका तीनवटा पालिकाहरुको समन्वयमा प्लाष्टिक मुक्त क्षेत्र बनाउन लागिएको हो।

देवघाट ५ हजार ४ सय ३४ हेक्टर क्षेत्रफलमा रहेको छ। सोही क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गर्नको सहमति नामक सस्थाले प्राबिधिक सहयोग गरेको देवघाट क्षेत्र बिकास समितिका अध्यक्ष डाक्टर ईश्वरी लौडारीले बताए। उनले पवित्र तीर्थस्थललाई प्रदुषणमुक्त गर्दै नदी हाम्रो सभ्यता हो भन्ने सन्देश दिनेगरी देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गर्न लागिएको बताए।

देशका खोलानदीहरु प्रदुषणको चपेटामा पर्दै गएको अवस्थामा देवघाट धाम पनि आगामी दिनमा प्रदुषण हुनसक्ने देखिएकाले भरतपुर महानगरपालिका गैडाकोट नगरपालिका र देवघाट गाँउ बिकास समितिको समन्वयमा देवघाटलाई छिट्टै प्लाष्टिक मुक्त क्षेत्र घोषणा उनले बताए।

सहमति सस्थाका अध्यक्ष होमनाथ सुबेदीले सहमतिले नदी सँगै हामी अभियान अन्तर्गत नारायणी नदी सरक्षणको काम गर्दै आइरहेको र देवघाट नेपाल कै महत्वपूर्ण तीर्थस्थल भएको कारण प्लाष्टिक मुक्त क्षेत्र घोषणा गर्न लागिएको बताए।

देवघाटलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणाको फोहोर संकलन स्थल, सार्वजनिक शौचालय निर्माण, खानेपानी सुविधा लगाएतका पूर्वाधार निर्मणका काम समेत भएको देबघाट क्षेत्र बिकास समितिले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *