‎इलेक्ट्रोनिक भोटिङका कारण मतदानमा ढिलासुस्ती, प्रतिनिधि लाइनमै कुर्न बाध्य

डिसी नेपाल
२ पुष २०८२ १७:४६
68
Shares

काठमाडौं । बिहान आठ बजेबाट सुरु भएको मतदान प्रक्रिया अझै पनि जारी रहेको छ। मतदान स्थलमा प्रतिनिधिहरू लामो लाइनमा बसेर आफ्नो पालो कुरिरहेका छन्। आयोजक पक्षका अनुसार एक घण्टामा करिब सय जना प्रतिनिधिले मतदान गर्न सक्ने अनुमान गरिए पनि प्रणालीगत कारणले मतदान प्रक्रिया अपेक्षाकृत ढिलो भएको देखिएको छ।

मतदान गरिसकेका प्रतिनिधिहरूका अनुसार एक जना प्रतिनिधिलाई भोट हाल्न औसत २५ देखि ३० मिनेटसम्म समय लागिरहेको छ। यसले गर्दा लाइनमा बसेका अन्य प्रतिनिधिहरूले लामो समय कुर्नुपरेको छ। कतिपय प्रतिनिधिले यो पहिलो पटक मतदान गरिरहेको नभए पनि यसपटकको प्रक्रिया निकै सुस्त भएको प्रतिक्रिया दिएका छन्।

इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्दा मतगणना सहज र छिटो हुने अपेक्षा गरिए पनि मत हाल्ने चरणमै ढिलाइ भएको प्रतिनिधिहरूको गुनासो छ। प्रणाली बुझ्न समय लाग्नु, प्राविधिक प्रक्रिया जटिल हुनु तथा सीमित मेसिनका कारण मतदान गति सुस्त भएको उनीहरूको भनाइ छ।

मतदान पक्रिया छिटो र व्यवस्थित बनाउन थप व्यवस्थापन आवश्यक रहेको भन्दै प्रतिनिधिहरूले समयमै समस्या समाधान गर्न आयोजकको ध्यानाकर्षण गराएका छन्। इलेक्ट्रोनिक भोटिङका कारण मतदानमा ढिलासुस्ती, प्रतिनिधि लाइनमै कुर्न बाध्य छन्।

बिहान आठ बजेबाट सुरु भएको मतदान प्रक्रिया अझै पनि जारी रहेको छ। मतदान स्थलमा प्रतिनिधिहरू लामो लाइनमा बसेर आफ्नो पालो कुरिरहेका छन्। आयोजक पक्षका अनुसार एक घण्टामा करिब सय जना प्रतिनिधिले मतदान गर्न सक्ने अनुमान गरिए पनि प्रणालीगत कारणले मतदान प्रक्रिया अपेक्षाकृत ढिलो भएको देखिएको छ।

मतदान गरिसकेका प्रतिनिधिहरूका अनुसार एक जना प्रतिनिधिलाई भोट हाल्न औसत २५ देखि ३० मिनेटसम्म समय लागिरहेको छ। यसले गर्दा लाइनमा बसेका अन्य प्रतिनिधिहरूले लामो समय कुर्नुपरेको छ। कतिपय प्रतिनिधिले यो पहिलो पटक मतदान गरिरहेको नभए पनि यसपटकको प्रक्रिया निकै सुस्त भएको महाधिवेशन प्रतिनिधी फुर्वा सेर्पाले बताए। उनले भोट हाल्दा पच्चिस मिनेट लागेको जानकारि दिए।

त्यस्तै अर्का प्रतिनीधि दिपक निरौलाले खुट्टाको समस्याका कारण बैशागिको साहारामा भोट हाल्न उपस्थीत भएका छन्। उनलाई खुट्टाका समस्याका कारण आफ’ले लाईन बसेर कुर्नु नपरेको बताए। उनले भोट हाल्दा सहज नै भएको र केहि अफेठेरो हुँदा स्वयमसेवक साथीहरुले साथ दिएको जानकारि दिए।

इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्दा मतगणना सहज र छिटो हुने अपेक्षा गरिए पनि मत हाल्ने चरणमै ढिलाइ भएको प्रतिनिधिहरूको गुनासो छ। प्रणाली बुझ्न समय लाग्नु, प्राविधिक प्रक्रिया जटिल हुनु तथा सीमित मेसिनका कारण मतदान गति सुस्त भएको उनीहरूको भनाइ छ।

मतदान प्रक्रिया छिटो र व्यवस्थित बनाउन थप व्यवस्थापन आवश्यक रहेको भन्दै प्रतिनिधिहरूले समयमै समस्या समाधान गर्न आयोजकको ध्यानाकर्षण गराएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.