संविधानलाई ट्रयाकमा ल्याउन निर्वाचन गर्नुको विकल्प छैन : शेखर कोइराला

डिसी नेपाल
२ पुष २०८२ १८:२७
44
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानलाई ट्रयाकमा ल्याउन फागुन २१ गते निर्वाचन गर्नुको विकल्प नभएको बताएका छन्।

बुधबार विराटनगरमा संचारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले सरकार बनेदेखि नै संविधान ट्रयाक बाहिर गएको भन्दै फागुन २१ गते निर्वाचन नभए झन ठूलो संवैधानिक संकट आउने भएकाले कांग्रेसले निर्वाचनमा जोड दिएको बताए।

उनले आफूहरूले तोकिएको समयमा निर्वाचन गराउने आकांक्षा राखेको भए पनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको जिकिर गरे। तोकिएको समयमा निर्वाचन नभए संसद पुनस्र्थापनाको सम्भावना बलियो हुने उनको भनाइ छ। नेता कोइरालाले आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने कुरामा ढुक्क हुन आग्रह गरे।

फरक प्रसंगमा नेता कोइरालाले नेपाली कांग्रेसको विधान अनुसार शेरबहादुर देउवा पुनः सभापतिको उम्मेदवार हुन नमिल्ने जानकारी दिए। उनले तोकिएको समयमा नै कांग्रेसको महाधिवशेन हुनुपर्ने धारणा राखे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *