नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल

डिसी नेपाल
३ पुष २०८२ १९:१६
24
Shares

पाटन । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेता तथा अगुवाहरु सकारात्मक कामका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्नेमा जोड दिएका छन्।

ललितपुरको सातदोबाटोस्थित ओमशान्ति भवनको भ्रमण गर्दै मन्त्री खरेलले अरुका लागि केही गर्छु भनेर शक्ति र सत्तामा रहेका व्यक्ति, नेता वा समाजका अग्रणीले जनताप्रति समर्पित भएर त्याग गर्नुपर्ने भनाइ राखे।

‘हामी भगवान् जस्तो त बन्न सक्दैनौँ, लोभ, मोह, क्रोध र अहंकारले हामीलाई बाँधिसकेको छ, जति कोसिस गर्दा पनि छुटकारा पाउनसक्ने अवस्था छैन, रावण शिवको भक्त भए पनि दानवका रुपमा चित्रित भए, कोही पनि व्यक्ति राम्रो र नराम्रो भन्ने कुरा उसको कर्मले निर्धारण गर्छ‘, मन्त्री खरेलले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *