ओलीले बैठकभित्र मोबाइल बज्नु हुँदैन भनेपछि…

डिसी नेपाल
४ पुष २०८२ १५:५०
2.8k
Shares

काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले घण्टी बज्ने गरी मोबाइल प्रयोग नगर्न निर्देशन दिएका छन्।

काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा जारी बैठकमा ओलीले सम्बोधन गर्दै गर्दा एक जना नेताको मोबाइल फोन बजेको थियो। त्यसप्रति ओलीले आपत्ति जनाएका हुन्।

‘म अनुशासनकै कुरा गरिरहेको छु। बैठकभित्र मोबाइल बज्नुहुँदैन। आलोचनात्मक चेत हराएका झोलेहरू एमालेमा बस्छन्। खोई बोलेका? भन्छन्। केपी ओलीले विरोध गर्नुपर्ने काम नै गर्दैनन् त के प्रश्न गर्ने? हामी यस्तो कुराबाट प्रभावित हुनुहुँदैन,’ उनले भने। उनले निर्वाचनमा गुट भए पनि अहिले गुट हराइसकेको बताएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *