जेनजी आन्दोलनका घाइते पत्रकारलाई सरकारले गर्‍यो सम्मान

डिसी नेपाल
४ पुष २०८२ १६:०५
8
Shares

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित सम्मान गरेको छ।

शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले घाइते भएका चार जना पत्रकारहरुलाई नगदसहित सम्मानपत्र प्रदान गरेका हुन्।

आन्दोलनका क्रममा घाइते भएका पत्रकार शम्भु दंगाललाई १ लाख, पत्रकार उमेश कार्की, दिपेन्द्र ढुङ्गाना र श्याम श्रेष्ठलाई जनही २५ हजार नगदसहित सम्मान गरिएको हो।

सम्मान कार्यक्रममा मन्त्री खरेलले जेनजी आन्दोलनमा समाचार संकलन गर्ने क्रममा घाइते भएका पत्रकारलाई राज्यले न्याय गर्ने बताए। आफू सदैव सञ्चारकर्मीको साथमा रहेको भन्दै उनले घाइते पत्रकारहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने प्रतिवद्धता जनाए।

मन्त्री खरेलले घाइते पत्रकारहरू रोजगारबिहीन भए पत्रकार महासंघले उनीहरूलाई कुनै नै कुनै सञ्चारमाध्यममा रोजगारीको पहल गर्नुपर्ने बताए। सो क्रममा घाइते पत्रकारहरूले आफूहरूलाई विभेद नगर्न सरकारसँग आग्रह गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.