नेपालको विकासमा भारतले सदैव सहयोग गर्नेछ : महावाणिज्य दूत मिना
जनकपुर। भारतीय महावणिज्य दुतावास विरगन्जका महावाणिज्य दूत देवी सहाय मिनाले भारतले नेपालको विकासमा सदैव सहयोग गर्ने बताएका छन्।
शुक्रबार धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकामा भारत सरकारको आर्थिक सहयोगबाट निमित विद्यायल भवनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै महावाणिज्य दूत मिनाले भारत सरकारले नेपालको आर्थिक, शैक्षिक, भौतिक तथा प्राविधिक क्षेत्रमा सदैव सहयोग गर्ने बताए।
भारतले मधेश प्रदेशका लागि विशेष प्याकेजसहितको सहयोग गर्ने योजना तहत काम गर्दै आएको उनले जानकारी दिए। उनका अनुसार भारतले मधेश प्रदेशका लागि ८६ वटा विकास निर्माणका प्रोजेक्टहरु स्विकृत गरेको छ। जसमध्ये ६१ वटा प्रोजेक्ट सम्पन्न भइसकेको छ भने २५ वटा प्रोजेक्टको कार्य भइरहेको छ। ती ८६ प्रोजेक्टहरुमध्ये ५२ वटा प्रोजेक्ट शिक्षा क्षेत्रको रहेको महावाणिज्यदूत मिनाले जानकारी दिए।
उनले अन्य ६ वटा स्वास्थ्यसंग सम्बन्धित प्रोजेक्ट रहेको, ८ वटा प्रोजेक्ट सडक र पुलको रहेको र एउटा प्रोजेक्ट नदि तटबन्ध संग जुटेको रहेको जानकारी दिए। त्यस्तै २ वटा प्रोजेक्ट सिचाँईको, ३ वटा प्रोजेक्ट संस्कृतिसंग जुटेको, ५ वटा प्रोजेक्ट विद्युतिकरण सम्बन्धी र ९ वटा अन्य विभिन्न प्रकारका क्षेत्रको विकास र उत्थानसंग सम्बन्धित रहेको उनले जानकारी दिए।
मधेश प्रदेशमा स्विकृत भएको यी ८६ वटा प्रोजेक्टहरुमध्ये २१ वटा प्रोजेक्ट धनुषा जिल्लाको रहेको महावाणिज्यदूत मिनाले बताए। उनले ती २१ वटा प्रोजेक्टमध्ये १३ वटा सम्पन्न भइसकेको र ८ वटा प्रोजेक्टको कार्य भइरहेको जानकारी दिए।
महावाणिज्यदूत मिनाले भारत सरकारले अहिलेसम्म नेपाललाई १०४९ वटा एम्बुलेन्स र ३८१ वटा स्कूल बस प्रदान गरेको जानकारी दिए। उनका अनुसार मधेश प्रदेशमा मात्र २३२ वटा एम्बुलेन्स र ४० वटा स्कूल बस भारत सरकारले उपहार स्वरुप दिइसकेको छ। तीमध्ये ४६ वटा एम्बुलेन्स र ११ वटा स्कूल बस धनुषा जिल्लाका विभिन्न स्वास्थ्य संस्था र विद्यालयहरुलाई दिइएको महावाणिज्यदूत मिनाले जानकारी दिए।
उनले भारत र नेपालबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन सदैव सहयोेग गर्ने प्रतिबद्धता जाहेर गरे।







डिसी नेपाल








Facebook Comment