नेप्से ३.२७ अंकले बढ्यो, कारोबार रकम सामान्य घट्यो

डिसी नेपाल
८ पुष २०८२ १५:३०
24
Shares

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसुचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन १३.८८ अंकले घटेको बजार यसदिन ३.२७ अंकले बढेर २५८४.४९ अंकमा उक्लीएर बन्द भएको छ।

यसदिन सेन्सेटिभ इन्डेक्स १.५७ अंकले बढेको छ, फ्लोट इन्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३१ अंकले बढेको छ।

आज कारोबारमा आएका स्कट मध्ये १३४ कम्पनीको स्टकको शेयर मूल्य बढेको छ भने ११७ अंकको शयर मूल्य घटेको छ। त्यसैगरी ८ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ३ अर्ब ५१ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा यस दिन ३२८ स्टकको ९२ हजार ७४६ पटकको कारोबारमा ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार रुपैयाँबराबरको ७६ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन एसवाई प्यानल नेपालको शेयरमूल्य सवैभन्दा बढी ७.०१ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशत बढेको छ भने सयपत्री हाइड्रोपावर र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ। यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सको शेयरमूल्य यस दिन सर्वाधिक ५.९७ प्रतिशत घटेको छ।

 

कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ९८ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन सागर डिष्टिलरीको साढे ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

आज १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशत बढेको छ। बाँकी बढेका ६ उपसमूहहरुको वृद्धिदर सामान्य रहेको छ। यस दिन विकास बैंक, लगानी, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.