स्करपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

डिसी नेपाल
१५ पुष २०८२ १९:२४
920
Shares

त्रिवेणी (नवलपरासी) । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा स्करपियोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ।

जिल्लाको गैँडाकोट नगरपालिका१०, स्थित लांघाली चोकमा आज दिउँसो स्करपियोको ठक्करबाट सोही ठाउँ बस्ने ८२ वर्षीय भुवनसिंह मस्रांगी मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी वीरेन्द्रराज गुरुङले बताए।

नम्बर नखुलेको स्करपियोले पैदलयात्रीलाई ठक्कर दिएर फरार भएको सूचना अधिकारी गुरुङले बताए। स्कारपियोको खोजी जारी रहेको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *