घर फर्किन पाउँदा खुसी लागेको छ : कमल थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले आज घर फर्किन पाउँदा खुसी लागेको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित राप्रपा र राप्रपा नेपालको एकता घोषणा सभामा उनले खुसीले होईन अत्यन्तै भारी मनले राप्रपाको घर छोडेर गएको भन्दै आज फर्किदा खुसि लागेको बताए।
उनले भने, ‘मलाई आज घर फर्किएको अनुभव भईरहेको छ। अत्यन्तै भारी मनले राप्रपाको घर छोडेर गएको थिए, खुसिले होईन्। विभिन्न कारणले म घर छोडेर गए। अहिले घर फर्किदा खुसि पनि छु।’
यस्तै, उनले कतिपयले बुझेर नबुझेर हारेर भागेको आरोप लगाएको भन्दै त्यो कुरा सत्य नभएको बताए।
उनले भने, ‘त्यसबेला मलाई कतिले बुझेर नबुझेर आरोप लगाए, गिताको कसम खाएको मान्छेले पार्टी फुटायो, हारेर भाग्यो। तर ती सबै कुरा असत्य हुन्। म खेलाडी पनि भएकाले हारलाई स्वीकार्ने व्यक्ति हुँ।’
उनले नयाँ पुरानाको भेदलाई हटाएर अब सशक्त तरिकाबाट अगाडि बढ्न सबैलाई आग्रह पनि गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment