नयाँ पार्टीहरूको कुनै सिद्धान्त स्पष्ट छैन, प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो : लिङ्देन
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ पार्टीहरुबीचको एकताप्रति कडा आलोचना गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित राप्रपा र राप्रपा नेपालको एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले कुलमान घिसिङ, रवि लामिछाने र बालेन शाहबीचको एकताप्रति लक्षित गर्दै कहाँबाट उठ्ने कति भोट ल्याउने भन्ने प्रष्ट नभई पार्टीभित्र प्रधानमन्त्रीको दलाली सुरु भइसकेको बताए।
उनले कांग्रेस, एमाले जस्ता ठूला दलका नेताहरु आफूलाई कसरी जोगाउने भन्ने ठाउँमा पुगेको भन्दै अविचलित पार्टी राप्रपा बाहेक अरु नभएको दाबी गरे। उनले भने,‘कांग्रेस एमाले जस्ता नेताहरु डिफेन्सिफ भएको छन्। रक्षात्मक भएर आफूलाई कसरी जोगाउने भन्ने ठाउँमा पुगेको छन्। माओवादी त नामै फेरेर हिँडिसक्यो। नयाँ पार्टीहरु अघिल्लो दिन के भनेर हिँडेका थिए। अर्को राति के भएर कस्ले जोड्दियो। अब जोडिएर के गर्ने भन्ने पनि छैन। को कहाँबाट उठ्ने कति भोट ल्याउने भन्ने छैन, प्रधानमन्त्रीको दलाली पार्टीभित्र सुरु भइसक्यो। सिद्धान्त विचार स्पष्ट छैन। यस्तो बेला अविचलित पार्टी र शक्ति राप्रपा बाहेक अरु छैनन्।
त्यस्तै उनले सर्वपक्षिय सहमति गरेर देशलाई निकास दिएर मात्रै चुनाव गर्नुपर्छ भनेर आफूहरुले धारणा राखिरहेको अवस्थामा जबरजस्ती मुलुक चुनाव तर्फ होमिएको बताउँदै यो निर्वाचनलाई राप्रपाले आन्दोलनको हिस्साको रुपमा प्रयोग गर्ने धारणा राखे।
उनले भने, ‘सर्वपक्षिय सहमति गरेर देशलाई निकास दिएर मात्रै चुनाव गर्नुपर्छ भनेर हामीले निरन्तर रुपमा भन्दै आयौं। तर अहिले जबरजस्त मुलुक चुनाव तर्फ होमिएको छ। यस्तो बेला प्रजातन्त्र पार्टीको जिम्मेवारी छ कि यो निर्वाचनलाई आन्दोलनको हिस्साको रुपमा प्रयोग गर्नुपर्ने हुन्छ।’
उनले राप्रपाको प्राथमिकता सांसद र मन्त्री बन्नको लागि मात्र नरहेको स्पष्ट पारे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment