मन्त्री श्रेष्ठद्वारा समाज कल्याण परिषद्को अनुगमन

डिसी नेपाल
१६ पुष २०८२ १७:४७
48
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले समाज कल्याण परिषद्को अनुगमन गरेकी छिन्।

बुधबार काठमाडौंको भृकुटीमण्डपस्थित परिषद्मा पुगेर मन्त्री श्रेष्ठले अनुगमन गरेकी हुन्।

अनुगमनपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री श्रेष्ठले परिषद्भित्र सञ्चालित संघ संस्थाहरुको वक्यौता बढेको भन्दै वक्यौता फछ्र्याैटको लागि पत्र काट्ने जानकारी दिइन्।

उनले भनिन्, ‘हामीले आज सबै ठाउँमा अवलोकन गरेका छौं । आजको अवस्था हेरेर हामीले एउटा चिठि काट्दै छौं। वक्यौता धेरै नै बढेको छ। वर्षौदेखि कतिपयले ओगटेर राख्नुभएको छ । त्यसको वक्यौता भएको छैन। १०–१५ दिनमा वक्यौता फछ्र्याैट गर्नु भनेर चिठि काट्ने छौं ।’

उनले चिठि काट्ने सुरुवात व्यापारीक प्रयोजनबाट गर्ने जानकारी दिइन्।

पहिलेको सरकार जस्तो खालि फाइलहरु खोल्ने र केही नगरी बन्द गर्ने सोचमा आफू नरहेको भन्दै मन्त्री श्रेष्ठले काम गरेर देखाउने दाबी गरिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *