सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु

डिसी नेपाल
२० पुष २०८२ २०:३७
6.5k
Shares

बागमती । हेटौंडाकाठमाडौं जोड्ने भीमफेदीकुलेखानीकाठमाडौं सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका६ जुरीखेतस्थित सडकमा आज साँझ भएको सुमो गाडी दुर्घटनामा छ जनाको मृत्यु भएको छ।

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना१ज १७७८ नंको सुमो गाडी दुर्घटना हँुदा घाइते भएका नौ जनामध्ये ६ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। मृतकहरूको सनाखत हुन बाँकी छ।

प्रवक्ता बोगटीका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइएको थियो । तीन जनाको भने सोही हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *