भरुवा बन्दुकसहित एक जना पक्राउ
काठमाडौं । भरुवा बन्दुकसहित सुर्खेतमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लेकबेशी नगरपालिका-९ सिम दमार बस्ने ३८ वर्षीय धनबहादुर रावत रहेका छन्।
रावतलाई एक थान भरुवा बन्दुक सहित बाटोमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। उनलाई इलाका प्रहरी कार्यालय लेकबेशीले बुधबार दिउँसो पक्राउ गरेको हो।
पक्राउ परेका रावतलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment