जङ्गली हात्तीले क्षति पुर्‍याएका १० घरपरिवारलाई राहत प्रदान

डिसी नेपाल
२७ पुष २०८२ २२:२५
12
Shares

सिरहा । यहाँको लहान नगरपालिका१६ आरिदमार टोलमा एक साताअघि भएको जङ्गली हात्तीको आक्रमणबाट क्षति व्यहोरेका १० घरपरिवारलाई लहान नगरपालिकाले आज राहत उपलब्ध गराएको छ।

यही पुस १७ गते राति हात्तीले क्षति पुर्‍याएको परिवारलाई ५०/५० किलो चामलसहित खाद्ययन्न वितरण गरिएको नगरप्रमुख महेश चौधरीले जानकारी दिए। यसैगरी वृद्धवृद्धा, सुत्केरी र विशेष संवेदनशील परिवारलाई फाइबर सिरक पनि उपलब्ध गराइएको उनले बताए।

नगरप्रमुख चौधरीले घर मर्मत र पुनःस्थापनाका लागि प्रत्येक पीडित परिवारलाई १०/१० हजार नगद पनि उपलब्ध गराइने जानकारी दिए। यस्तै, दीर्घकालीन रूपमा जङ्गली जनावरको जोखिम न्यूनीकरण गर्न डिभिजन वन कार्यालय, सुरक्षाकर्मी र स्थानीय समुदायसँग मिलेर पूर्वसूचना प्रणाली, निगरानी र जनचेतनामूलक कार्यक्रम अघि बढाइने उले बताए।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *