कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ

डिसी नेपाल
२८ पुष २०८२ १८:१६
24
Shares

काठमाडौ जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथदेवलबाट फरार एक कैदी काठमाडौको झोरबाट पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले कारागारबाट फरार सिन्धुलीको तीनपाटन गाउँपालिका६ बस्ने ५० वर्षीय गुञ्जबहादुर श्रेष्ठलाई आज पक्राउ गरेको हो।

श्रेष्ठ कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय कायम भई २०७३ असार २९ देखि जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका थिए।

जेनजी आन्दोलनका क्रममा फरार रही काठमाडौं उपत्यकामा लुकीछिपि बसेको भन्ने विशेष सूचनाका आधारमा ब्यूरोबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ गरी उनलाई कारागार कार्यालय जगन्नाथदेवलमा पेस गरिएको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिएऽ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *