इक्यानको अध्यक्षमा पौडेल चयन

डिसी नेपाल
२९ पुष २०८२ ९:५७
52
Shares

काठमाडौँ। शैक्षिक परामर्श व्यवसायी सङ्घ (इक्यान) को २०औँ साधारणसभाबाट लक्ष्मण पौडेल ‘एन्ड्रियु’ को नेतृत्वका नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

गए राति सम्पन्न निर्वाचनमा सस्थाको प्रथम उपाध्यक्षमा वासुदेव दाहाल, द्वितीय उपाध्यक्षमा विकल्पराज पोखरेल, तृतीय उपाध्यक्षमा गीता शिवाकोटी र महासचिवमा भवनाथ हुमागाइँ विजयी भए।

यसैगरी सहसचिवमा सुरज सिलवाल र आशिक कार्की, कोषाध्यक्षमा साधना पुडासैनी विजयी तथा सह–कोषाध्यक्षमा गोविन्द खनाल विजयी भएका छन् । सदस्यहरुमा अनन्तराज घिमिरे, उद्धव बन, विवेक बस्नेत, दामोदर शर्मा, अशोककुमार हाथी, दिनेश पौडेल, सञ्जीव पाण्डे, शिवप्रसाद अर्याल, कमलप्रसाद तिमल्सिना विजयी भए।

निर्वाचित नेतृत्वलाई निवर्तमान अध्यक्ष शेषराज शिवाकोटीले शुभकामना दिए। साधारणभाको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उद्घाटन गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.