ट्रक दुर्घटनामा दुई जनाको ज्यान गयो
काठमाडौं । मदन भण्डारी लोकमार्गको अँधेरीमा ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।
आज दिउँसो कटारीबाट गाईघाटतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–०१ ख ०५०५ नं.को ट्रक अनियन्त्रित भई सडकबाट ५० मिटर तल अँधेरी खोलामा खस्दा चालक र सहचालकको ज्यान गएको हो। गम्भीर घाइते चालक र सहचालकको उपचार गर्न लैजाने क्रममा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृतक चालक र सहचालक दुवैको साँझसम्म सनाखत हुन सकेको छैन।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment