हातहतियार बुझाउन स्थानीय प्रशासनको निर्देशन
बैतडी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले विभिन्न जिल्ला कार्यालयले व्यक्तिका नाममा दर्ता भएका इजाजत प्राप्त हातहतियार प्रहरी–प्रशासनलाई बुझाउन आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार व्यक्तिका नाममा इजाजतप्राप्त हातहतियार माघ २० गतेभित्र अनिर्वाय रुपमा बुझाउन निर्देशन दिइएको छ ।
इजाजतप्राप्त हातहतियार र सोमा प्रयोग हुने गोलीगठ्ठा जिल्ला प्रहरी कार्यालय वा आफ्नो पायक पर्ने प्रहरीचौकी वा स्थानीय प्रशासन कार्यालमा बुझाउन सकिने छ । त्यसैगरी, रुपन्देही जिल्ला प्रशासन कार्यालयले पनि यही माघ १५ गतेभित्र बुझाउन सूचना जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी एकाइमा हातहतियार बुझाउन उक्त कार्यालयले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
यसैगरी, लमजुङ जिल्ला प्रशासन कार्यालयले पनि एक सूचना जारी गरी यही माघ २० गतेभित्र आफूसँग भएका इजाजतप्राप्त हातहतयिार बुझाउन नागरिकलाई आग्रह गरेको हो । लमजुङमा एक हजारभन्दा व्यक्तिसँग त्यस्ता हातहतियार रहेका उक्त कार्यालयले जनाएको छ ।
व्यक्तिगत सुरक्षाका लागि आफूसँग भएका इजाजत प्राप्त हातहतियार नबुझाए कानुनबमोजिम कारबाही हुने चेतावनी ती स्थानीय प्रशासनले दिएका छन् । बुझाइएका हातहतियार निर्वाचन सम्पन्न भएपछि फिर्ता लिन सकिने ती कार्यालयले जारी गरेका सूचनामा जनाइएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment