राजनीतिक कार्यक्रममा सरकारी सवारी साधन प्रयोग नगर्न सर्लाही प्रशासनको आग्रह

डिसी नेपाल
७ माघ २०८२ १९:१५
8
Shares

सर्लाही। जिल्ला प्रशासन कार्यालय सर्लाहीले राजनीतिक कार्यक्रममा सरकारी सवारी साधन प्रयोग नगर्न सबै सरोकारवालालाई आग्रह गरेको छ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका कार्यक्रममा आवतजावत गर्ने क्रममा सरकारी सवारीसाधन प्रयोग नगर्न आग्रह गरेको हो।

यसका साथै, जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा क्रियाशील राजनीतिक दल तथा दलनिकट संघ संस्थाहरूले राजनीतिक सभा, सम्मेलन, जुलुसलगायतका कार्यक्रम आयोजना गर्दा अनिवार्य रूपमा कार्यालयलाई पूर्वजानकारी गराई अनुमति लिनुपर्नेछ। अनुमति बिना कुनै पनि राजनीतिक कार्यक्रम सञ्चालन नगर्न आग्रह गरिएको छ।

सूचनामा राजनीतिक कार्यक्रममा सहभागी हुन जाने आउने क्रममा सरकारी सवारी साधन प्रयोग नगर्न स्पष्ट रूपमा उल्लेख गरिएको छ। जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै राजनीतिक दल, उम्मेदवार तथा सर्वसाधारणको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नियम विपरीतका गतिविधि भए कानुनी कारबाही गरिने जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *