नेपाली सेना फोटो प्रदर्शनी सम्पन्न
काठमाडौं । नेपाली सेनाका विविध गतिविधिबारे नागरिकलाई जानकारी गराउने उद्देश्यले आयोजित फोटो तथा बृहत् प्रदर्शनी २०८२ आज सम्पन्न भएको छ। प्रदर्शनीको समापनका अवसरमा सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले प्रदर्शनीमा सहभागी युनिटलाई प्रशंसा पत्र प्रदान गरे।
सेना दिवसका अवसरम यही माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गीअड्डा परिसरमा भएको प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्याण्ड, सैनिक हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौजको भूमिकाबारे जानकारी गराइएको थियो।
प्रदर्शनीमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष संरक्षण, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, सैनिक विद्यालयहरू, राष्ट्रिय सेवा दललगायत गतिविधि समेटिएका ३० वटा कक्ष राखिएको थियो।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रदर्शनीको अवलोकन गर्न आमनागरिक र विद्यार्थी उल्लेखनीयरूपमा पुगेका थिए। प्रदर्शनीबाट अवलोकनकर्तालाई नेपाली सेनाको विकासक्रम र जिम्मेवारीबारे जानकारी प्राप्त भएको छ।







डिसी नेपाल








Facebook Comment