खर्च अभाव खेपिरहेका मुटुरोगी पीडित दीपको ज्यान जोगाइदिन परिवारको याचना

डिसी नेपाल
९ माघ २०८२ १७:५९
48
Shares

काठमाडौं। दार्चुलाको मालिकार्जुन गाउँपालिका ३ का दीपकसिंह धामीको परिवारले उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका छन्।

विगत तीन वर्षदेखि मुटुरोगबाट पीडित धामीको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा समस्या भएको भन्दै परिवारले सहयोगको अपिल गरेका हुन्।

विगत एक महिनादेखि उनी शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको विपन्न वार्डमा रहेका छन्। आर्थिक अभावमा उनको उपचारमा कठिनाइ भएको आफन्त उपेन्द्रसिंह धामीले बताए।

उनले भने, ‘डाक्टरहरूको सल्लाह अनुसार उनको मुटु चिरेर गर्नुपर्ने जटिल शल्यक्रिया (Open Heart Surgery) अत्यावश्यक भइसकेको छ। तर अपरेशन तथा उपचार खर्च अत्यन्तै महँगो भएकाले पारिवारिक आर्थिक अवस्थाले मात्र सम्भव नहुने अवस्था आएकोले सहयोगको याचना गरेका छन्।’

सहयोग गर्न चाहनेले ९८५१३५१३५६ र ९८४८७८११६६ नम्बरमा सम्पर्क सहयोग गर्न सक्ने उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.