हजार बढी प्रहरी सहायक हवल्दारको बढुवा र पदस्थापन

डिसी नेपाल
९ माघ २०८२ २१:५८
64
Shares

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी जनशक्तिको बढुवा तथा पदस्थापन प्रक्रिया अघि बढाएको छ। जनपद प्रहरी समूहअन्तर्गतका प्रहरी सहायक हवल्दारहरूको पदोन्नति र जिम्मेवारी तोकिएको हो।

प्रहरी उपरीक्षकको निर्णयअनुसार जनपद प्रहरी समूहतर्फ कार्यरत एक हजार ३२ जना प्रहरी सहायक हवल्दारलाई बढुवा गर्दै विभिन्न स्थानमा पदस्थापन गरिएको जनाइएको छ।

बढुवा तथा पदस्थापनसँगै सम्बन्धित कर्मचारीहरूलाई नयाँ जिम्मेवारीसहित कार्यक्षेत्रमा खटाइने व्यवस्था गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *