कस्केली अधिकृत समाजमा नयाँ नेतृत्व

डिसी नेपाल
१० माघ २०८२ २१:४५
24
Shares

गण्डकी। कस्केली अधिकृत समाजको ११औँ साधारणसभा तथा आठौँ अधिवेशनले चन्द्रबहादुर सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ।

समाजको उपाध्यक्षमा विष्णुप्रसाद पोखरेल, सचिवमा महेश पौडेल, सहसचिवमा वासुदेव पौडेल र कोषाध्यक्षमा शीला बराल सापकोटा निर्वाचित बनेका छन्।

यस्तै, समिति सदस्यमा अनिलकुमार शाही, सुमित्रा मल्ल (उदास), मैया पराजुली, वसन्त चालिसे, चन्द्रवती अधिकारी (वाग्ले), अनिल सुवेदी, सन्ध्या पौडेल र अमृत कँडेल रहेका छन्। यसअघि कार्यक्रमको उद्घाटन गर्दै प्रदेश लोकसेवा आयोगका अध्यक्ष विष्णुप्रसाद नेपालले समाजका माध्यमबाट कास्की जिल्ला मात्र नभई समग्र गण्डकी प्रदेशलाई नेतृत्व गर्नुपर्ने आवश्यकता औंल्याए।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा भरतबहादुर खत्रीले मानव जीवनमा सफलताका लागि निरन्तर क्रियाशील हुन आवश्यक रहेको बताए।

समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदी, उपाध्यक्ष लोकनाथ दवाडी, सचिव महेश पौडेल, कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्य, नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेललगायतले समाजका माध्यमबाट जिल्लाको समृद्धि र विकासमा महत्त्वपूर्ण योगदान गर्न सकिने धारणा राखे।

कार्यक्रममा समाजद्वारा प्रकाशित अधिकृत आवाज अङ्क ११ को लोकार्पण गरिएको थियो। यस्तै, समाजका संस्थापकद्वय तदर्थ समितिका अध्यक्ष शिवप्रसाद पराजुली र पहिलो कार्यसमितिका अध्यक्ष सिडिई कृष्णकान्त सिग्देल र कार्यसमितिको उत्कृष्ट पदाधिकारीमध्येबाट महेश पौडेललाई सम्मान गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.